चुनाव प्रचार नगरे पनि जनताले भोट दिनेछ भनी निर्दलीय प्रार्थी पेम्बा रिम्पोर्छेको आशा

IMG-20220623-WA0157.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि खरसाङको २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका देवभरत लामा (धर्म गुरु पेम्बा रिम्पोर्छे) ले आफु निर्दलीय प्रार्थी भएकोले कुनै राजनैतिक पार्टीसित संलग्न नभएको कारणले चुनाव प्रचार पनि हुल हुल गएर नगरेको बताएका छन्। उनले भीड़को साथमा चुनाव प्रचार गर्नुभन्दा म एकजना धर्म गुरु भएकोले मेरो कर्मलाई हेरेर मानिसहरूले मलाई सहयोग गरिरहेको र राजनैतिक पार्टीहरूले पनि मलाई सहयोग गरिरहेको दाबी गरेका छन्। देवभरत लामाले म झण्डाको राजनीति गर्दिन तर मैले सोसियल मीडियामार्फत् र संघ संस्थाहरूसित भेट गरेर चुनाव प्रचार गरिरहेको बताएका छन्। उनले आफु चुनाव प्रचारको लागि घर घर जानु नपाएपनि मैले मेरो घोषणा पत्र जारी गरेको छु र त्यसैको आधारमा जनताले बुझेर नै भोट दिने विश्वास व्यक्त गरेका छन्। धर्म गुरु पेम्बा रिम्पोर्छे (देवभरत लामा) ले मैले हरेक क्षेत्रमा भएको समस्याहरू देखेको छु र जितेको खण्डमा ती समस्याहरू समाधान गर्नलाई कार्य गर्नेछु भनी बताउँदै म शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर कार्य गर्ने बताएका छन्। उनले खरसाङको स्वारेज लाइनलाई व्यवस्थित गर्नलाई कार्य गर्ने, रोजगारको लागि बाहिर जान बाध्य युवाहरूको लागि कार्य गर्ने, खरसाङमा गाढ़े घाऊ बनेको बाँदरको समस्या समाधान गर्न प्रथम कार्य गर्ने बताएका छन्। २८ नम्बर समष्टिको निर्दलीय प्रार्थी देवभरत लामा (पेम्बा रिम्पोर्छे) ले पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा म कसैलाई प्रतिद्वान्दी देख्दिन भन्दै यसपाली कसैको जित होइन तर मनवताको जीत हुनुपर्छ, आफ्नो हक र अधिकारलाई बलियो पार्नलाई आफ्नो भोट दिएर आफैलाई जिताउनुपर्छ भनी बताएका छन्। उनले जनताले जति पनि समस्याहरू छन् ती सबै समस्याहरू मलाई भन्नु सक्नेछन् र म ती समस्याहरूको समाधानको लागि कार्य गर्नेछु भनी बताए। लामाले म जितेर गएको खण्डमा कुनै राजनैतिक पार्टीसित मिलेर होइन तर जनतासित मिलेर कार्य गर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *