गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको पाकिम जिल्लाको दुई दिवसीय भ्रमण सफलतापूर्वक समापन भयो। भ्रमणको क्रममा राज्यपालले सर्वप्रथम माङपामा गएर आशिर्वाद ग्रहण गरे। सोही प्रकारले उनले पाकिम जिल्लामा रहेको राई समुदयको माङखिम परियोजनाको पनि भ्रमण गरे। उनले यस क्षेत्रका होमस्टे सञ्चालक साथै स्थानीयहरू कुराकानी गर्दै यी व्यवसायहरू सञ्चालन गर्न स्थानीयहरूले गरेको उल्लेखनीय प्रयासको लागि प्रशंसा गरे। होमस्टेमा बसेका आगन्तुकहरूको अनुभवलाई राम्ररी बुझ्नको लागि उनले उनीहरूसँग अन्तरक्रिया गर्ने मौका पनि सदुपयोग गरे।
यसका साथै पल्जोर चोलिङ गुम्बाको पनि भ्रमण गरे, जहाँ उनले यसको स्थापना, उत्पत्ति र गतिविधिबारेमा विस्तृत जानकारी प्राप्त गरे।
अरिटारको लामपोखरी झीलको भ्रमणसँगै स्वम-सहायता समूह (एसएचजी) द्वारा निर्मित उत्पादनहरू प्रदर्शनी गर्ने स्टलहरूको अन्वेषण गरे र उनीहरूले भोग्न परेको समस्या साथै सम्भावित चुनौतीहरूको बारेमा छलफल गरे।

राज्यको विकासलाई अघि बढाउनको लागि, उनले पाकिम जिल्लाका अधिकारीहरूलाई जैविक खेती अप्नाउनु पर्ने प्रोत्साहित गरे।









