तीनजना नर्सलाई सिक्किम सरकारले प्रदान गऱ्यो उत्कृष्ट नर्सिङ सेवा पुरस्कार

n505132340168554708062144004113b6866da6aa126fcf452f10b1a8811b86cdcd07e252ab2fd548a368b5.jpg

गान्तोक: सिक्किम सरकारले राज्यमा सेवारत तीनजना नर्सहरूलाई उत्कृष्ट नर्सिङ सेवा पुरस्कार प्रदान गरेको छ। गत वर्ष घोषणा गरेको यो पुरस्कारद्वारा बुधबार मुख्यमन्त्री पीएस गोलेले तीनजना नर्सलाई सम्मानित गरे।

यसै वर्षदेखि शुरु भएको उत्कृष्ट नर्सिङ सेवाको पहिलो पुरस्कार गान्तोकको एसटीएनएम अस्पतालमा सेवारत एएनएम नरमाया सुब्बाले प्राप्त गरेकी छिन्। उनलाई पाँच लाख रुपियाँ नगद पुरस्कार, स्मृति चिन्ह र अङ्ग वस्त्र प्रदान गरिएको छ। उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत तिङमो प्राथमिक स्वास्थ्य उपकेन्द्रमा विगत 31 वर्षदेखि सेवारत एएनएम कर्मु लेप्चालाई तीन लाख रुपैयाँको दोस्रो पुरस्कार प्रदान गरिएको छ।

यसरी नै गेजिङ जिल्ला अस्पतालमा सेवारत स्टाफ नर्स याङकिला भोटियालाई सरकारले उत्कृष्ट नर्सिङ सेवाको तेस्रो पुरस्कार प्रदान गरेको छ। भोटियाले दुई लाख रुपैयाँको नगद पुरस्कार र अंग वस्त्र प्राप्त गरेकी छिन्।

उल्लेखनीय छ एसकेएम सरकार गठन भएको चार वर्ष पूरा भएको अवसरमा आज बुधबार गान्तोकमा एउटा भव्य समारोह आयोजन गरियो। यसै समारोहका अवसरमा मुख्यमन्त्री पीएस गोलेले नर्सहरूलाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरेका हुन्।

आज पालन गरिएको सरकार स्थापना दिवस कार्यक्रम अवधि मुख्यसचिव भिबि पाठकले सरकारका उपलब्धिमाथि प्रकाश पारेका थिए। यस अवसरमा सूचना तथा जनसम्पर्क विभागद्वारा प्रकासित पुस्तक नयाँ युग-नयाँ सिक्किमको विमोचन गरियो भने विकास कार्य आधारित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। समारोहलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement