कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्रसित सोधपुछमा धेरै खुलासाहरू हुन थालेको छ। जानकारी अनुसार, उसले न केवल शान्तनु ब्यानर्जी तर नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेको तृणमूल युवा नेता कुन्तल घोषबाट पनि करोड़ौं रूपियाँको लेनदेन गरेको छ। वित्त वर्ष २०१९ मा कुन्तल घोषले कालीघाटका काकूसम्म करोड़ौं रूपियाँको राशि पुऱ्याएको थियो। यो दाबी स्वयं कुन्तलले गरेको छ। काकूले शान्तनु ब्यानर्जी र उसकी पत्नीबाट पनि जमीनको खरीद बिक्री गरेको थियो। ईडीले आफ्नो चार्जशीटमा पनि यसको उल्लेख गरेको थियो। यसको निम्ति काकूले ४० लाख रूपियाँ दिएको थियो।
सुजय कृष्ण भद्रले सोधपुछमा ईडीलाई बताएको थियो, पारिवारिक व्यवसाय गर्नका लागि उसले शान्तनुलाई ४० लाख रूपियाँको चेक दिएको थियो। स्वयं शान्तनुले यसको निम्ति काकूसित सम्पर्क गरेको थियो तर पछि न त पैसा नै फर्कियो न त जमीन भेटियो। कुन्तलसित पनि करोड़ौं रूपियाँको लेनदेन भएको छ। यो कुरा स्वयं कुन्तलले बताएको थियो तर काकूले लुकाइरहेको थियो। त्यसपछि दस्तावेजहरूको आधारमा काकूसित सोधपुछ भयो र पक्रा पऱ्यो।
-हिस









