तीनधारेमा नाला झोड़ा ब्लक भएर गयो पैह्रो:मैला पानी र हिलो माटो घरहरुतिर पसेपछि धेरै घरहरूलाई खतरा

photocollage_202262323292415.jpg

खरसाङ: खरसाङको तीनधारे क्षेत्रमा नाली बन्द भएर पैह्रो जानुको साथै मैला पानी सबै सड़कभरि बगेर स्थानीय तीनधारेवासीहरूलाई धेरै खतरा उत्पन्न भएको छ। तीनधारेको तल्लो होटल गैरी नजिक रहेको कल्बटको पानी सड़कभरि बगेपछि तल्लो होटल गैरी नजिक रहेको स्थानीय सचिन सुब्बाको घरमुनि पैह्रो गएको छ। उक्त पैह्रोले तीनधारेको १७ माइल नजिक मैला पानी र माटोको थुप्रोले एनएच ५५ नै बन्द भएको थियो। तर राती नै बाटो खोल्ने कार्य गरिए पनि पैह्रोको माटोको थुप्रो र मैला पानी सड़कभरि बगेर गएपछि १७ माइल क्षेत्रमा रहेका धेरैवटा घरहरूलाई खतरा उत्पन्न भएको छ। अाज बिहान पैह्रोले बन्द भएको एनएच ५५ भने जेसीबी लगाएर सफा गरिएको छ। उक्त पैह्रो र बन्द भएको एनएच ५५ को निरीक्षण गर्नलाई एनएच ५५ को एई सम्राट बर्मन र उनको टिम आएका थिए। अर्कोतिर पैह्रोको मैला पानी र हिलो सड़कभरि बगेको कारणले तीनधारेको १७ माइल क्षेत्रमा रहेको १५-२० वटा घरहरूलाई धेरै खतरा भएको थियो। मैला पानी सबै सड़कबाट बगेर घरभित्र पसेको स्थानीयहरूले बताएका छन् । उनीहरूले बताए अनुसार नाली ब्लक भएर १७ माइलको सड़कभरि मैला पानी बगेको र घरभित्र पनि पसेको साथै धेरैवटा घरहरूलाई खतरा उत्पन्न भएको स्थानीयहरूले बताएका छन्। १७ माइलको स्थानीयहरूको पक्षमा मिना खवास, दिपा विश्वकर्म, रिजु खवास आदिले मीडिया अघि बताए अनुसार सड़कको सबै मैला पानी घरभित्र पस्ने गरेको छ, हिज राती पैह्रो झरेर मैला पानी र हिलो सड़कभरि आएर सबै घरभित्र पनि पसेको अनि घरमा बस्नु खतरा भएको बताएका छन्। उनीहरूले बताए अनुसार पैह्रोको मैला पानी र हिलो माटो सबै बगाएर ल्याएर सड़क नै भरिएको साथै ती सबै पानीहरू घरमा पसेकोले १७ माइलको ९-१० घरहरूलाई खतरा उत्पन्न भएको अनि यस्तो समस्या आजको मात्रै होइन तर वर्षाको समय हुनसाथ यस्तो हुने गरेकोले यस्तो समस्या समाधानक लागि नालीहरूको व्यवस्था सठीक गर्नु पर्ने मांग पनि गरेका छन्। अब एनएच र सरकारले नाली झोड़ालाई व्यवस्थित गर्नलाई कार्य गरिदिनु पर्ने बताएका छन्। यस विषयमा एनएच ५५ को एई सम्राट बर्मनले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेमा नाली झोड़ा ब्लक भएकोले गर्दा पैह्रो गएको र पैह्रोले ब्लक गरेको सड़क मार्ग भने जेसीबी लगाएर खुल्ला गरेको बताउँदै पैह्रो जान नदिनलाई नाला झोड़ा व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्। उनले हिज राती गएको पैह्रो विषयमा पुलिस प्रशासनबाट जानकारी प्राप्त भएको र आज हामी निरीक्षणको लागि आएको र सड़क मार्ग भने खोलिएको बताएका छन्। उनले अब नाला झोड़ा व्यवस्थित गर्न आवश्यक रहेको बताए। तीनधारेको तल्लो होटल गैरी क्षेत्रमा कल्बट बन्द भएर गएको पैह्रोले तीनधारेको १७ माइल क्षेत्रमा रहेको समस्या विषयमा तीनधारेको स्थानीय बिनयकुमार छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेको नाला झोड़ा व्यवस्थित नभएर हो कारण पहिला एनएचले एकजना मुन्सी राखेको तर अहिले अवकाश भएपछि कोही नदिएकोले नाला झोड़ा अव्यवस्थित रूपमा रहेको कारणले हिज राती पूरा पानी परेको समय कल्बट बन्द भएर पैह्रो गएको बताएका छन्। उनले नाला झोड़ा बन्द भएर पैह्रो जाने नयाँ होइन कारण गत वर्ष पनि यस्तै पैह्रो गएको र यसपाली पनि पैह्रो गएको बताउँदै पैह्रो रोकथामको लागि प्रथम त नाला झोड़ा व्यवस्थित बनाउन पर्ने र मैला पानी बग्नलाई नालीहरू सठीक गर्नु पर्ने बताएका छन्। छेत्रीले तीनधारेको जनतालाई सचेत गराउँदै मानिसहरूले नाला झोड़ामा घरमा प्रयोग गरिएको सर सामानहरू नफ्याँकिदिने अनुरोध पनि गरेका छन् कारण सबैले घरमा प्रयोग गरेको सर सामानहरू नाला झोड़ातिर फ्याँक्ने गरेकोले नै नालीहरू ब्लक भएर पैह्रो जाने गरेको बताएका छन्। उनले हिजको पैह्रो गएर मैला पानी र हिलो माटो सड़कभरि बगेको कारणले तीनधारेको १७ माइल क्षेत्रमा धेरैवटा घरहरूलाई धेरै खतरा भएको बताएका छन्। यसको लागि एनएचले नाला झोड़ा व्यवस्थित गर्नलाई कार्य गर्नु पर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *