परिचय आदानप्रदान कार्यक्रम सम्पन्न

IMG-20230531-WA0304.jpg

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यालयमा आज हाले दार्जिलिङ पुलबजार खण्ड, खरसाङ अनि आर आर तक्दा खण्ड बिकास अन्तर्गत बिभिन्न ग्राम पञ्चायतबाट स्थानतरण भएर आएका ग्राम पञ्चायत ई ऐ अनि सचिवलाई एक कार्यक्रम बिज स्वागत जनाउदै खण्ड बिकाश अधिकारी लगायत अन्य बिभागय अधिकारी सग परिचय आदानप्रदान कार्यक्रम सम्पन्न गरियो। जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यालय जनसाधारणलाई समय सिमा भित्र उचित, पारदर्शिता सेवा अनि सुविधा प्रदान गर्न निर्धारित रहेको खण्ड बिकास अधिकारीले कार्यक्रममा आफ्नो सम्बोधन राखेर ग्राम पन्चायत ई ऐ अनि  सचिवलाई स्वागत जनाए। सयुक्त खण्ड बिकास देवदत्त ब्यानरर्जीले नँया पदभार ग्रहण गर्ने पञ्चायत ई ऐ अनि सचिवलाई खण्ड बिकास कार्यालयको कार्य प्रणाली सगै बिभागीय कार्य बारे अवगत गराए। खण्ड बिकास कार्यालय कल्याण अधिकारी याङजी भोटियाले संचालन गरेको कार्यक्रममा खण्ड बिकास कार्यालयका सबै बिभागय अधिकारी अनि कर्मचारीको उपस्थिति रहेको थियो । हाल खण्डको बिभिन्न ग्राम पञ्चायतबाट स्थानतरण भएर गए पश्चात हिमाल शेर्पाको स्थानमा आनन्दमनि प्रधानले ई ऐ धोतरीय कलेज भेल्ली ग्राम पञ्चायत, नमिका घतानीको स्थानमा अरूणा छेत्रीले ई ऐ अनि केशरनाथ निरौलाले सचिव, घुम खासमहल ग्राम पन्चायत, बिनय थापाको स्थानमा इरण कुमार राईले गोराबारी मार्गेस्ट होप ग्राम पञ्चायत, मनि कुमार शेर्पाको स्थानमा मनि कुमार सुब्बाले सचिव लिगिया मारेबुङ ग्राम पञ्चायत,कमल लामाको स्थानमा सनमाया तामाङले सचिव लोवर सोनादा एक ग्राम पञ्चायत, दोर्जी शेर्पाको स्थानमा बिध्या सिङले ई ऐ लोवर सोनादा दुई ग्राम पञ्चायत, स्मृति सिङले सचिव लोवर सोनादा दुई ग्राम पञ्चायत, नविन योगीले ई ऐ मुण्डा कोठी ग्राम पञ्चायत, सरद योञ्जनको स्थानमा बिधान चन्द्र राईले ई ऐ परमागुङी तामसाङ ग्राम पञ्चायत, कर्ण राईको स्थानमा कुशल सुब्बाले सचिव पुलुङदुङ ग्राम पञ्चायत, जगतमान राईले ई ऐ पोख्रबोङ दुई ग्राम पञ्चायत, प्रतिभा लामाको स्थानमा पेमा डोमा शेर्पाले सचिव पोख्रबोङ तिन ग्राम पञ्चायत, अजय राईको स्थानमा सन्जिभ प्रधान ई ऐ अनि जितेन राईले सचिव राङभाङ गोपालधारा ग्राम पञ्चायत, उर्गेन शेर्पाको स्थानमा पेम्छेन लमु तामाङ सचिव, रङबुल ग्राम पञ्चायत, मिट्ठु खाती ई ऐ सुके सिमाना ग्राम पञ्चायत, पुरण थापाको स्थानमा मोना साङ्गदेन खान ई ऐ अनि याङकी लमु शेर्पाले सचिव अप्पर सोनादा ग्राम पञ्चायतमा उनीहरूले आफ्नो कार्यभार सम्हालेका छन् । खण्ड बिकास कार्यालयले शुभकामना सगै नँया पदभार गर्ने कर्मचारीलाई स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement