कालचिनीः यस बर्षको उच्चमाध्यमिक परीक्षाफल प्रायः सबै स्कूलका सन्तोषजनक रहेको छ भने कालचिनी खण्डको एकमात्र नेपाली माध्यमको उच्चमाध्यमिक स्कूल शंकर नेपाली उच्चमाध्यमिक विद्यालयको जम्मा १३४ जना विद्यार्थीहरूले परीक्षा दिएको थियो यसमध्ये १०९ जनाले उत्तीर्ण गरेको स्कूल सुत्रले जनाएका छन्।
परीक्षाफलको मूल्याङ्कन गर्दा स्कूलका छात्र अनुराग थापाले जम्मा ४२६ अङ्क हासिल गरेर स्कूल टपर बनेको छ। स्कूलका सहशिक्षक दीप लामाले बताए अनुसार स्कूलको माध्यमिकको परिणाम पनि राम्रो भएको र उच्चमाध्यमिक परीक्षाफल पनि धेरै राम्रो भएको र जम्मा ३१ जना प्रथम भएको र ४० जना द्वितीय र ३८ जना पास भएको छ।









