तृणमूल नेताको मोबाइलमा भेटिएको डिजिटल साक्ष्यको आधारमा पक्रा परे कालीघाटका काकू

IMG-20230528-WA0320.jpg

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कालीघाटका काकू अर्थात् सुजय कृष्ण भद्रलाई पक्राउ गरिएको छ। ईडीले लगभग १२ घण्टासम्म सोधपुछ गरेपछि उनलाई मध्य रातमा पक्राउ गऱ्यो। काकूलाई उनको घरबाट उद्धार दस्तावेजहरूको आधारमा नभएर कुनै तृणमूल नेताको मोबाइलमा भेटिएको डिजिटल दस्तावेजहरूको आधारमा पक्राउ गरिएको आज बिहान थाहा लाग्यो। उक्त नेता अगावै नियुक्ति भ्रष्टाचारको क्रममा पक्रा परेको छ र केन्द्रिय एजेन्सीहरूको हिरासतमा छ।

ईडीका एक अधिकारीले जानकारी गराए, उक्त नेताको मोबाइलबाट सुजय कृष्ण भद्रसित कुराकानी भएको छ। त्यसमा न केवल अडियो कल भएको थियो तर व्हाट्सएपको माध्यमले पनि कुराकानीको डेटल फेला परेको छ। यसमा शिक्षक नियुक्तिसित सम्बन्धित रूपियाँको असूलीबारे कुरा गरिएको छ। सुजन कृष्णले रेट बताएका छन्। कसकोबाट कति रूपियाँ लिनुछ, कहिले कसरी पुऱ्याउनु छ, यसबारे जानकारी दिएका छन्। जब काकूलाई यी दस्तावेजहरू देखाइयो तबपनि उनले केन्द्रिय एजेन्सीहरूलाई भ्रमित गर्ने प्रयास गरिरहेका थिए, जसपछि उनलाई चारैतिरबाट घेरेर प्रश्नपछि प्रश्न सोधियो। जब उनले जाँचमा सहयोग गरेनन् तब मध्यरातमा उनलाई पक्राउ गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement