दिल्लीमा पहलवानहरूसँग भएको दुर्व्यवहारको विरोधसितै फुटबल टुर्नामेन्ट शुरू

IMG_20230531_202633.jpg

सिलगढी: आजदेखि सिलगढी महकुमा क्रीड़ा परिषदद्वारा आयोजित फस्ट डिभिजन लीग कम नक्आउट फुटबल टुर्नामेन्ट आरम्भ भयो। यस अवसरमा दिल्लीमा पहलवानहरूलाई पुलिसद्वारा प्रताड़ित गर्नको साथै पक्राउ गरेको घटनाको विरोधमा खेलाड़ीहरू सिलगढीको कञ्चनजङ्गा स्टेडियमको मैदानमा ओर्लिए। स्मरण रहोस, खेल शुरू हुन अघि रवीन्द्र सङ्घका खेलाड़ीहरूले हालै दिल्लीमा पहलवानहरूसित भएको घटनालाई लिएर मौन विरोध प्रदर्शन गरे। रवीन्द्र सङ्घका संयुक्त सचिव उदयन दास गुप्ताले भने, खेलाडीहरूले देशको नाम उच्च गरिरहेका छन्। तर देशको सरकारले खेलाडीहरूसित कुरा गर्न चाहेको छैन, जसको हामी विरोध गर्दछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement