के-लीगः सेसोनिअन फूटबल क्लबको एकतर्फी जीत

IMG-20230531-WA0299.jpg

३१ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सेसोनिअन फूटबल क्लबले ठूलो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बुधवार खेलिएको एकतर्फी म्याचमा सेसोनिअन एफसी-ले शेयर फूटबल क्लबलाई ५-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट खारोन सुब्बा र शिवम खड़काले २-२ गोल गरे। यसबाहेक अंगद मंगरले १ गोल गरे। शेयर एफसी-बाट क्षितिज भुजेलले १ गोल गरे। शिवम खड़कालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बिहीवार दुईवटा म्याच खेलिनेछ। दिउँसो १ बजीदेखि खेलिने पहिलो म्याचमा गोरुबथान एफसी र हिमालश्री एथलेटिक क्लबबीच भिड़न्त हुनेछ। यसरी जर्जियन एफसी र कालेबुङ पुलिसबीच दोस्रो म्याच ३ बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement