खरसाङ: खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका चारजना नानीहरू पूर्व वर्ध्दमानको कटवा नामक स्थानमा कराँतेको सोतोकन खेलमा भाग लिन गएका थिए। यी नानीहरू त्यहाँको केडीआई सुर्या नारायण हलमा सोतोकान खेलमा सहभागी हुनलाई गुरु सेन्सी अमीत छेत्रीको अगुवाईमा गएका खिए। यहाँबाट गएका चारैजना नारीहरूले पदक जितेका थिए। यस क्रममा चारजनामा चारजनाले नै गोल्ड मेडल जित्न सफल भएको सेन्सी अमीत छेत्रीेले बताएका छन्। ती चारजना नानीहरूमा हिमान्शु खातीले २ वटा गोल्ड, आर्यन गिरीले २ वटा गोल्ड, रिपचर लेप्चाले २ वटा गोल्ड र याङछेन लमु शेर्पाले एक गोल्ड र एक काँस्य पदक जितेका थिए। यी चारैजना नानीहरू अब नेशनल गेमको लागि मुम्बई जाने भएको जानकारी प्राप्त भएको छ।









