आकाशवाणी खरसाङमा सम्मान कार्यक्रम सम्पन्न

IMG-20230531-WA0274.jpg

खरसाङ: आकाशवाणी खरसाङमा अवकाशप्राप्त कर्मचारी रामप्रसाद सार्कीको सम्मानमा एक कार्यक्रम आयोजना गरिएको छ। वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेको कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अध्यक्षता र अवकाशप्राप्त कर्मचारी रामप्रसाद सार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ठ अतिथिको रुपमा अवकाशप्राप्त कर्मचारी सीबी आले उपस्थित रहेका थिए। आकाशवाणीको मनोरञ्जन युनिटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अवकाशप्राप्त कर्मचारी रामप्रसाद सार्कीलाई सम्मानस्वरूप खदार्पणसहित सम्बर्ध्दना पत्र, मायाको चिनो अनि विशेष उपहार प्रदान गरिएको थियो। यस अवसरमा रामप्रसाद सार्कीले आफु अवकाश भएर गए पनि कुनै पनि समय बोलाएको खण्डमा आफु आउने वाचा गरेका थिए। उनले आफ्नो सम्बोधनमा आफुले यस्तो समय आकाशवाणी बिताएको विशेष कुराहरूका सम्झना पनि गरेका थिए। रामप्रसाद सार्कीले सन् १९८६ सालमा काम पाएर आकाशवाणीमा आएका थिए भने यसै साल उनी आफ्नो कार्यबाट अवकाशप्राप्त भएका छन्। उक्त सम्मान कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिइएको थियो। यस क्रममा उदघोषक उदघोषिकाहरूका समूहद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो भने अन्तिम बिदाईको गीत पनि प्रस्तुत गरेका थिए। त्यसरी नै सिलफेष्टर लेप्चावे नृत्य, सुवास छेत्री, निर्मल गुरुङ, उषाकिरण सत्यदर्शी, गौरव छेत्री, वरिष्ठ गायक एंव संगीतकार महेश्वर लामा आदिले गीत, बिनीता लामा बोसले कविता, वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले गीत पठन गरेका थिए। यस क्रममा आजको सभाध्यक्ष कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आफ्नो सम्बोधनमा यो बिदाई भन्ने शब्द नमिठो लाग्छ तर आज सम्मान समारोह लेखिएकोले राम्रो लागेको बताएका छन्। उनले अवकाशप्राप्त कर्मचारी रामप्रसाद सार्कीको विषयमा बोल्दै भने, रामप्रसाद सार्की अर्थात् आरपीएस आफ्नो कार्यमा सक्रिय रहने र सदैव सहयोग गर्न खप्पिस थिए। उनी खेलकूदमा झनै चासो राख्ने र खट्ने व्यक्ति थिए।

कार्यालयको हरेक कार्यक्रमतिर सक्रिय भएर खट्ने व्यक्ति थिए भने हरेक कार्यमा सक्रिय रहने र आफ्नो कार्यमा आफ्नो दायराभित्र रहेर कार्य गर्ने नम्र व्यक्ति रहेका थिए।’
आजको कार्यक्रम विषयमा वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै वरिष्ठ संगीतकार महेश्वर लामाले आगामी २ जूनको दिन आकाशवाणी खरसाङको स्थापना दिवस कार्यक्रम आयोजना गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement