अब हुने त्रिपक्षीय वार्ताले गोर्खाको भाग्य कोरियोस: अजय एडवाडर्स

IMG-20230531-WA0267.jpg

दार्जीलिङ: अब हुने त्रिपक्षीय वार्ताले गोर्खाको भाग्य कोरियोस यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। गत केही दिन अधिदेखि गोर्खा हरूको दीर्धकालिन समस्याको समाधान खोजी निकाल्न त्रिपक्षीय वार्ता शीध्र नै हुनेछ भन्ने चर्चा चुलि रहेको छ तर आजसम्म अधिकारिक रूपमा वार्ताको मिति तय गरिएको छैन, यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गोर्खाको दीर्धकालिन समस्यालाई समाधान गर्न भारत सरकारले त्रिपक्षीय वार्ता बोलाउँछ भन्ने राम्रो हो अनि अब हुने वार्ताले गोर्खाको भाग्य कोरिएको हुन पर्छ तिनले भने। पहाड तराई डुवर्सको दीर्धकालिन समस्याहरूलाई लिएर विगतका दिनहरूमा पनि धेरैवटा वार्ताहरू भएको हो तर ती वार्ताहरूले गोर्खालाई न्याय दिनु सकेन, वार्ता केवल वार्तामा नै सिमित रहेको थियो। दार्जीलिङ पहाडको जनताले भारतीय जनता पार्टीमाथि आस्था र भरोसा राख्दै १५ विगत १५ बर्षदेखि आखाँ चिम्लेर समर्थन जनाउँदै सांसद दिन्दै आएको हो। भारतीय जनता पार्टीले पनि आफ्नो संकल्प पत्रमा पहाड तराई डुवर्सको जनताको दीर्धकालिन समस्यालाई समाधान गर्ने लिखित वाचाहरू गरेको हो तर आजसम्म भाजपाले आफ्नो वाचाहरू पूरा नगर्दा पहाडबासीको मनमा शंका र उपशंकाहरूले बास गर्न थाली सकेको छ अध्यक्ष एडवाडर्सले भने।तिनले अझ भने भाजपाले आफ्नो संकल्प पत्रमा गोर्खाको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने अनि गोर्खा समुदायको ११ जात गोष्ठीलाई जन जातिमा समाबेश गर्ने वाचा गरेको छ, यसदेखि बाहेक चिया श्रमिकहरूलाई मिनिमम वेजेसको वाचा पनि गरेका छन तर आजसम्म भाजपाले कुनै पनि वाचाहरू पूरा गरेको छैन,त्यसकारण अब हुने वार्तामा गोर्खाको भाग्य कोरिएको हुन पर्छ,यदि यस पटक पनि गोर्खा एंव पहाडबासीलाई आश्वसन मात्र दिए, पहाडबासीले त्यसलाई स्वीकार्र्ने छैन भन्ने अध्यक्ष एडवाडर्सले बताए।

About Author

Advertisement