कुचबिहारमा ‘वार्ल्ड नो टोबाको डे’

Screenshot_20230531_190924_WhatsApp.jpg

कुचबिहार: कुचबिहार जिल्ला स्वास्थ्य विभागको नेतृत्वमा ल्यान्सडाउन हल, कुचबिहारमा ‘वार्ल्ड नो टोबाको डे’ मनाइयो। ‘वार्ल्ड नो टोबाको डे’को अवसरमा स्वास्थ्य विभागले कुचबिहारको देवीबारीबाट एक र्‍याली निकाले। र्‍याली कुचबिहारका विभिन्न सडकका परिक्रमा गरदै कुचबिहारको ल्यान्सडाउन हलमा समापन भयो। ल्यान्सडाउन हलमा आयोजित कार्यक्रममा स्वास्थ्य विभागका अधिकारीहरूले सुर्तीजन्य पदार्थका हानिकारक पक्षबारे प्रकाश पारे। कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement