नेपालमा कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा

party-1668772767.png

काठमांडू। नेपालको कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ। जनता समाजवादी पार्टीले आज बुधवार सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो।

कोशीमा पाँच महिना अघि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार बनेको हो। केन्द्र सरकारमा सत्ता समिकरण बदलिएपछि कोशीमा पनि असर पर्यो।

९३ सांसद रहेको कोशीमा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ सांसद हुन्छ। तर, बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

एमाले नेतृत्वको सरकारबाट जसपाकी एकमात्र सांसद निर्मला लिम्बू हटिन्। अब अल्पमतमा रहेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। नेपालको केन्द्र र ७ प्रदेशमध्ये कोशीमा मात्र एमाले सरकारमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement