सत्तारूढ़ एसकेएम पार्टीद्वारा प्रतिक्रिया

images-2-450x270.jpeg

गान्तोक। सत्तारूढ़ एसकेएम पार्टीले एसडीएफ पार्टीको ३०औं सम्पूर्ण क्रान्ति दिवसमा पार्टी अध्यक्ष पवन चामलिङले दिएको वक्तव्यप्रति प्रतिक्रिया जनाएको छ। आज एसकेएम पार्टीका प्रवक्ता सीपी शर्माले जारी प्रेस विज्ञप्तिमा यस आसयको प्रतिक्रिया जनाएका छन्। तिनले भेन, चामलिङले राजनीतिका सबै मर्यादालाई ताकमा राख्ने काम गरेको देखियो भन्दै एसकेएमले उनको सो भाषण, भाषण नभएर केवल मिथ्या आरोप, अनर्गल प्रचार, झूटो र आधारहीन तथ्यहरूको भाँड़ो घोप्ट्याइ मात्र रहेको एसकेएमले बताएको छ। उनले भनेका छन्, अबको राजनीतिमा आरोपहरूको पुलिन्दा बोकेर जनताको मन जितिन्न भन्ने कुराको चामलिङले हेक्का राख्नुपर्छ। पवन चामलिङले क्यान्सर अस्पताल बनिनु हुँदैन भनेर सिक्किमेली गरीब रोगी जनता बाँच्न पाउनु हुँदैन भन्ने जस्तो गैरजिम्मेवार बयान बुझियो। उनले वर्तमान सिक्किम सरकार एवं मुख्यमन्त्री पीएस गोलेले सिक्किमका क्यान्सर रोगीहरू उपचारको निम्ति राज्य बाहिर जानु नपरोस् भनेर राज्यमै सुविधायुक्त क्यान्सर अस्पताल बनाउने घोषणा गरेका हुन् भनी स्पष्ट गरेका छन्। तर सिक्किमे जनताले सुविधा पाउनु हुँदैन, जनताले दुःख पाउनुपर्छ भन्ने पवन चामलिङको विचार रहेको उनको भाषणबाट सुनिएको उनले बताएका छन्।
प्रवक्ता शर्माले भनेका छन्, बजेट नै नछुट्याइ एसटीएनएम अस्पतालको एउटा रित्तो घर बनाएर भोटको निम्ति खोक्रो घर उद्घाटन गर्नेलाई के थाहा जनताको दुख र पीड़ा? उनले क्यान्सर अस्पताल विरोधी चामलिङको बयानको सम्पूर्ण सिक्किमेलीले निन्दा गर्नुपर्छ भन्दै सम्पूर्ण जनताको पक्षमा उनको बयानको विरोध गरेका छन्। उनले चामलिङको भाषण चौकीबाट झर्नुको आर्तनाद, मोजमस्तीबाट विमुख बन्नुपरेको हतासा र एक्लो बन्दै गएको अवसादले भरिएको कुण्ठाबाहेक केही थिएन भन्ने ठहर गरेका छन्। पुलिस विभाग र जवानहरूलाई निकम्मा ठान्नु उनको सबैभन्दा लज्जास्पद बयान रहेको पनि उनले बताएका छन्।
प्रवक्ताले भनेका छन्, नशालु पदार्थ सिक्किममा भित्र्याउने काम पुलिसको सक्रियतामा भएको भन्नु दुर्भाग्य मात्रै नभएर निन्दनीय पनि हो। जसले पच्चीस वर्ष उनकै अंगरक्षक भएर सुरक्षा दिए, जसले सिक्किमभरि शान्ति-सुरक्षाको निम्ति जहान-परिवार र नानीहरूलाई सम्म समय दिन नपाई रातदिन एकचित्त भएर पहरा दिइरहे, त्यस्ता कर्तव्यपरायण पुलिसकर्मीहरूमाथि नीच सोंच र दूषित भावना राख्नुअघि पवन चामलिङलाई सरम हुनुपर्ने हो। उनले रातदिन भ्रमको जाल ओड़ेर समाजलाई दिग्भ्रमित पार्ने चाहनाको अडेस लागेका चामलिङलाई सिक्किमलाई नशामुक्त पार्ने वर्तमान मुख्यमन्त्री पीएस गोलेको योजना थाहा भएर पनि नभएजस्तो गर्नु उनको मस्तिष्क गलेको प्रमाण हो भनी बताएका छन्।
उनले अझ भनेका छन्, पवन चामलिङले वर्तमान सरकारलाई हत्या र हिंसाको आरोप लगाउनुअघि उनको सरकारमा घटेका त्यस्ता घटनालाई पवन चामलिङले सम्झिउन्। उनको विषाक्त मनको उकुस मुकुस र छट्पटाहटमा मैले के बोलें र बोल्दैछु भन्ने समेतको होश गुमाइसकेका व्यक्ति भएका छन्। यदि उनी लामो समयसम्म मुख्यमन्त्री गर्ने व्यक्ति हूँ भन्ठान्छन् भने जनतामा भ्रम फिँजाउने मनोवृत्तिबाट बाहिर निस्कनुपर्छ। पवन चामलिङको सो दिनको भाषण र मिडियामा दिएको बयानले उनको मानसिक असन्तुलनलाई छर्लङ्गै देखाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *