फ्रेञ्च ओपनः उलटफेरको शिकार बने डेनिल मेदवेदेव

photocollage_202353117012301.jpg

३१ मईः फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमै ठूलो उलटफेर भयो। पुरुष एकलमा विश्वका नम्बर २ खेलाड़ी डेनिल मेदवेदेव पहिलो राउण्डमै बाहिर भए। यसबीच महिला एकलमा चाहिँ विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले जीतको साथ शुरुवात गरिन्। रुसका खेलाड़ी मेदवेदेवलाई ब्राजीलका थियागो सेबोथ वाइल्डले रोमाञ्चक म्याचमा पराजित गरे। पाँच सेटसम्म चलेको म्याचमा २३ वर्षीय सेबोथ ७-६, ६-७, २-६, ६-३, ६-४-ले विजयी भए। म्याचको पहिलो सेट टाईब्रेकरमा गुमाएपछि मेदवेदेवले अघिल्लो दुईवटा सेट जितेर फर्ममा फर्किएको संकेत दिए तर ब्राजीलका युवा खेलाड़ीले पनि असाधारण प्रदर्शन गर्दै निर्णायक सेटमा ६-४-ले जीतको साथ दोस्रो राउण्डमा स्थान बनाए। म्याचको पाँचौं सेटमा मेदवेदेवले दबाउमा परेर दर्शकहरूमाथि पनि रिस देखाए। यसबीच महिला एकलमा गत च्याम्पियन पोल्याण्डकी स्वियातेक सजिलै दोस्रो राउण्डमा पुगिन्। महिला एकलको पहिलो राउण्डमा उनले स्पेनकी क्रिस्टीना बुक्सालाई सीधा सेटमा ६-४, ६-०-ले पराजित गरिन्। उनको अघिल्लो म्याच स्विट्जरल्याण्डकी येलेना इन-एल्बोन या अमेरिकाकी क्लेयर लियूसँग हुनेछ।

About Author

Advertisement