जलपाईगुडी: सङ्ग्रामी संयुक्त मञ्चका सदस्यहरूले केन्द्रीय दरमा महँगाई भत्ता उपलब्ध गराउन माग गर्दै जलपाईगुडी जिल्ला मजिस्ट्रेटको कार्यालय अगाडि धर्ना गरदै प्रदर्शन थलेका छन्। डिएमको कार्यालयमा प्रवेश गर्दा उनीहरुले पुलिसको अवरोधको सामना गर्नुपरेको थियो । त्यसपछि कार्यालय अगाडि धर्ना दिनुका साथै राज्यका सबै सरकारी पदमा कर्मचारीको पारदर्शी भर्ना, कालो कानुन खारेजीलगायत विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए।









