यात्री बसले धक्का दिँदा २ बाइकसवार घाइते

IMG-20230530-WA0291.jpg

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको फाटापुकुर संलग्न पानीकौरी टोल प्लाजा नजिक बुधवार यात्री बस र बाइक ठोक्किँदा २ जना बाइकसवार घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, सिलगढीबाट जलपाईगढी तर्फ गइरहेको समय पछिल्तिरबाट आएको एउटा यात्री बसले बाइकलाई धक्का दियो। यसपछि बाइक पल्टिँदा त्यसमा सवार २ जना घाइते भए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस अनि स्थानीय मानिसहरू घटना स्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर तिनीहरूलाई जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा पठाइ दिएको छ। समाचार लेखुञ्जेलसम्म घाइतेहरूको पहिचान हुन सकेको छैन। अर्कोतिर, राजगञ्ज थाना पुलिसले दुवै वाहनलाई जफत गरेर घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement