जलपाईगुडी: मई ३१ दिनयाभरी ‘वार्ल्ड नो टोबाको डे’ यानी विश्व तंबाकू रहित दिवसको रुपमा मनयिन छ। सुर्तीजन्य पदार्थको सेवनका कारण दिनहुँ मानिसहरु घातक रोगको सिकार भइरहेका छ। श्वासप्रश्वासको संक्रमण, मुखको क्यान्सर लगायतका श्वासप्रश्वास रोगजस्ता घातक रोगबाट मानिसहरु पीडित भइरहेका छन्। सुर्तिजन्य पदार्थको सेवनले पत्थरी, दम, फोक्सोको क्यान्सरको जोखिम रहन्छ। जलपाईगुडी जिल्ला पुलिसको निर्देशनमा धुपगुडी पुलिस स्टेशनले बुधबार ‘वोर्ल्ड नो टोबाको डे’को अवसरमा एउटा जनचेतना र्यालीको आयोजना गरे। र्यालीमा धूपगुरी थानाका पुलिस कर्मचारी, धुपगुरी थानाका आईसी सुजोय तुंगासहित अन्तःशुल्क अधिकारीहरुको सहभागिता रहेको थियो। तेक्वान्दो खेलाडीहरुले हातमा प्लेकार्ड बोकेर र्यालीमा भाग लिएका थिए। धुपगुरी पुलिस चौकीबाट शुरु भएको यो र्याली बजार परिक्रमा गरी पुलिस चौकी पुगेर समापन भयो।










