सिलगढी: सिलगढी शहरको ट्राफिक जामको समस्या समाधान गर्न, राज्य सरकारले तीनबत्ती मोरमा २.४ ऐकर जमिनमा नयाँ बस टर्मिनस निर्माण गर्ने निर्णय लिएको छ। एसै क्रममा बुधबार मेयर र एनबीएसटीसीका अधिकारीहरूले उक्त क्षेत्रको भ्रमण गरे। शहरमा हुने ट्राफिक जामको समस्या समाधान गर्न बस स्ट्यान्डलाई शहरभित्रबाट तिनबत्ती मोडमा सारिने भएको छ। एनबीएसटीसीको जग्गामा बस टर्मिनस बनाइनेछ। बुधबार मेयर गौतम देवले उक्त क्षेत्रको भ्रमण गरी सबै पूर्वाधारको निरीक्षण गरे। यसअघि उक्त जग्गामा एनबीएसटीसीको कार्यालय रहेको बताइएको छ। अब एनबीएसटीसी र राज्य यातायात विभागले यस जग्गामा नयाँ बस टर्मिनस निर्माण गर्ने अनुमति दिएको छ। उक्त बस स्ट्यान्डबाट २३ वटा बस चल्नेछ। आजको यस भ्रमणमा एनबीएसटीसीका अध्यक्ष पार्थप्रतिम रोय, प्रबन्ध निर्देशक दिपङ्कर पिपलाई, बाेराे अध्यक्ष जयन्त साहलगायतको उपस्थिति थियो। नयाँ बस स्ट्यान्डबाट स्थानीय निजी बसहरू पनि चल्नेछ।










