सिलगढी: पछिल्लो दुई दिनदेखि सिलगढी र आसपासका क्षेत्रमा चर्को घाम लगी रहेको छ। बुधबार तापक्रम ३७ डिग्री पुगेको छ। फलस्वरूप, विभिन्न गैरसरकारी संस्थाहरूले यात्रुहरूलाई चिसो पिउने पानी उपलब्ध गराउने पहल गरेको छ। यसै क्रममा आज सिलगढीको बाबा श्याम कृपा संगठनले सिलगढी स्टेशन फिडर रोडमा अनौठो पहल गरे। संस्थाका सदस्यहरुले सडकबाट जाने हरेक यात्रुलाई चिसो सिरप बनाएर खुवाए।

संस्थाका तर्फबाट अध्यक्ष गोपालकुमार गुप्ताले विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्ने गरेको बताए। यसै अन्तर्गत आज गर्मीबाट पीडित मानिसलाई स्वस्थ्य राख्न चिसो पेय पदार्थ खुवाएर राहत दिने पहल गरिएको उनले जनाए।










