डब्ल्यूटीसी फाइनल अघि भारतीय टीमलाई गावस्करको सुझाउ

IMG-20230531-WA0166.jpg

३१ मईः महान क्रिकेटर सुनिल गावस्करको भनाइअनुसार, आउँदो हप्ता अष्ट्रेलिया विरुद्ध हुने विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा भरातीय टीमको निम्ति सबैभन्दा ठूलो चुनौती आईपीएल टी२० प्रारूपको सोचबाट बाहिर निस्किनु हुनेछ। रोहित शर्माको अगुवाईमा रहने भारतीय टीमले ७ जूनदेखि द ओवल मैदानमा खेलिने डब्ल्यूटीसी फाइनलमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। भारतीय टीमका अधिकांश खेलाड़ीहरू नै आईपीएलमा हिस्सा लिएर टेस्ट खेल्न मैदानमा ओर्लिनेछन्। सोमवार समाप्त भएको आईपीएलमा चेन्नई सुपर किंग्सले रेकर्डको बराबरी गर्दै पाँचौंपल्ट ट्रफी जित्यो।
गावस्करले भने, सबै टी२० प्रारूप खेलेर आएका छन् अनि केही दिनपछि टेस्ट क्रिकेटको लामो प्रारूप रहेको छ। यो भारतको निम्ति सबैभन्दा ठूलो चुनौती हुनेछ। उल्लेखनीय छ, भारतीय टीममा सामेल खेलाड़ीहरूमा एकमात्र चेतेश्वर पुजारा लामो प्रारूपको लयमा रहेका छन्। उनी अहिले ईंग्ल्याण्डमा काउण्टी क्रिकेट खेलिरहेका छन्। यसबाहेक गावस्करले भने, भारतसँग अहिले एकमात्र पुजारा रहेका छन्, जसले ईंग्लिश काउण्टी च्याम्पियनशीपमा खेलिरहेका छन्। ईंग्ल्याण्डको परिस्थितिहरूमा एकमात्र उनले लामो प्रारूपमा खेलिरहेका छन्। यसैकारण भारतले यस चुनौतीको सामना गर्नु पर्नेछ। अजिंक्य रहाणेले लामो समदेखि चलिरहेको खराब फर्मबाट मुक्ति पाउँदै आईपीएलमा असल प्रदर्शन गरे अनि चेन्नईको टीमलाई आईपीएलको यस सीजनमा च्याम्पियन बनाउनमा ठूलो भूमिका निर्वाह गरे। गावस्करको भनाइअनुसार, यस ३४ वर्षीय खेलाड़ीको ईंग्ल्याण्डका परिस्थितिहरूमा अनुभवले टीमलाई फाइदा हुनेछ।
गावस्करले भने, रहाणेसँग ईंग्ल्याण्डको परिस्थितिहरूमा खेल्ने धेरै अनुभव छ। उनले ईंग्ल्याण्डमा रन बनाएका छन्। यसैकारण उनी पाँचौं नम्बरमा टीमका महत्त्वपूर्ण खेलाड़ी साबित हुनेछन्। यो उनको निम्ति आफ्नो क्षमता साबित गर्ने मौका पनि हुनेछ कारण मेरो विचारमा उनमा अझ धेरै क्रिकेट बाँचेको छ अनि केही सालको निम्ति भारतीय टीममा सजिलै खेल्न सक्छन्। क्रिकेटरबाट कमेण्टेटर बनेका गावस्करले भने, रहाणेले यस मौकाको पूरा फाइदा उठाउने अनि आफ्नो पेशादार करियरलाई अघि बढ़ाउने मलाई आशा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement