जलपाईगुडी: जलपाईगुडीको एक सपिंग मलका कर्मचारीहरूले बिना सूचना कर्मचारीहरूलाई हटाएपछि मलको गेटमा विरोध गर्न थाले। सम्बन्धित कम्पनी व्यवस्थापनले कुनै सूचना नदिई कर्मचारीलाई निकाल्दै आएको बुझिएको छ। राजीनामा पत्रमा हस्ताक्षर नगरे चालु महिनाको तलब समेत नदिने कर्मचारीलाई धम्की दिइएको छ। घटनाको विरोध गर्दै कम्पनीमा काम गर्ने सुरक्षा गार्डहरू जलपाईगुडीको सपिङ मलको गेट अगाडि धर्नामा सामेल भए।










