टिकैतीको आश्वासनपछि पदकहरू गंगामा विसर्जित गर्ने योजना स्थगित

IMG-20230531-WA0162.jpg

३१ मईः गंगा नदीमा पदक विसर्जित गर्न उत्तराखण्डको देहरादून पुगेका आन्दोलनरत पहलवानहरूले मंगलवार साँझ भारतीय किसान यूनियन (बीकेयू)-का राष्ट्रिय अध्यक्ष नरेश टिकैतको अनुरोधपछि पदक विसर्जन गर्ने कार्यक्रमलाई पाँच दिनको निम्ति स्थगित गरे। टिकैतले पहलवानहरूसँग पाँच दिनको समय मागेका छन्। त्यसपछि पहलवानहरूले विसर्जन स्थगित गर्ने घोषणा गरे। महिला पहलवानहरूसँग यौन शोषणको मामिलालाई लिएर भारतीय कुश्ती महासंघका पूर्व अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंह विरुद्ध आन्दोलन गरिरहेका पहलवानहरूले आफ्नो पदकहरू हरिद्वारमा गंगा नदीमा बहाउनु घोषणा गरेका थिए। योजना अनुसार, बजरंग पूनिया, विनेश फोगाट र साक्षी मलिक आ-आफ्नो पदकहरू गंगामा प्रवाहित गर्न हरिद्वार पुगेका थिए अनि मालवीय घाट नजिक बसेका थिए। पहलवानहरूले पदकहरू गंगामा बहाएर दिल्लीको इण्डिया गेटमा आमरण अनशनमा बस्ने घोषणा गरेका थिए। साक्षी मलिकले भनेकी थिइन्, पदकहरू हाम्रो ज्यान हो। हाम्रो आत्मा हो। पदकहरू गंगामा बहाएपछि हामीसँग बाँच्ने कुनै अर्थ रहनेछैन। यसैकारण हामी इण्डिया गेटमा आमरण अनशनमा बस्नेछौं। मंगलवार पहलवानहरूलाई भेट गर्न भारतीय किसान यूनियनका प्रवक्ता नरेश टिकैती हरिद्वार आए अनि खेलाड़ीहरूलाई फकाउने प्रयास शुरु गरे। लगभग एक घण्टाको बातचीतपछि उनले सरकारसँग कुराकानी गरेर ५ दिनभित्र समस्याको समाधान निकाल्ने वाचा गरे। त्यसपछि पहलवानहरूले पदक विसर्जन गर्ने योजनालाई स्थगित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement