सिलगढी: करोडौँ रुपियाँको ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। एसओजी र भक्ति नगर पुलिसले संयुक्त अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा रवि विश्वकर्मा, गोदाई विश्वास र विजय राय सामेल छन्। आज तिनीहरूलाई जलपाइगढी अदालतमा उभ्याइयो।
प्राप्त जानकारीअनुसार एसओजीले मादक पदार्थ तस्करी हुने गोप्य सूचना पाएपछि भक्तिनगर पुलिसलाई साथमा लिएर गत राति बानेश्वर मोड इलाकामा अभियान चलाएर तीनजना व्यक्तिलाई पक्राउ गर्नको साथै ८१९ ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य करोडौँ रुपियाँ रहेको छ। घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।