३१ मईः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा मंगलवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा पेमलिंग, कालेबुङले भलिबलर्सलाई पाँच सेटमा ३-२-ले पराजित गऱ्यो। यसरी तेस्रो क्वार्टर फाइनलमा दार्जीलिङ युनाइटेड ए टीमले डेल्टा सेभेनलाई चार सेटमा ३-१-ले पराजित गऱ्यो। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ४ जूनमा खेलिनेछ।










