हिंसाग्रस्त मणिपुरको भ्रमणमा जान चाहन्छिन् ममता, केन्द्रलाई लेखिन् पत्र

nat-3

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी जातीय हिंसाग्रस्त मणिपुरको भ्रमणमा जान चाहन्छिन्। यस सम्बन्धमा उनले केन्द्रिय गृह मन्त्रालयलाई पत्र लेखेकी छन्।

राज्य सचिवालय सूत्रहरू अनुसार, ममता ब्यानर्जीले केन्द्रिय गृह मन्त्रीलाई मात्र होइन, तर भारतीय सेना प्रमुखलाई पनि पत्र लेखेकी छन्। मणिपुरमा हिंसापछि त्यहॉंको स्थितिलाई नियन्त्रित गर्न सेनालाई उतारिएको छ। केन्द्रिय गृह मन्त्रालय र रक्षा मन्त्रालयले सम्पूर्ण स्थितिमाथि निगरानी राखिरहेको छ।

आज मात्र गृह मन्त्री मणिपुर गएका छन् र सबै पक्षहरूसॅंग बैठक गरे। उनीसॅंग सेना प्रमुख मनोज पान्डे पनि छन्। आजसम्म पॉंच दर्जनभन्दा धेरै मानिसहरूको हत्या भइसकेको छ। यसैगरी, साना-ठूला घटनाहरू पनि लगातार रूपमा भइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement