आठ दिवसीय प्रथम मणि डोङडुप छेन्मोको समापन

n504847030168547392758207d6d39fb8dc92eadc0e09b8ab2f070a44a7c16f43cc83491dfc5366b7bcb737.jpg

गेजिङ: पेलिङको चेरेजी सिङखाम रिवो पोटालामा आयोजित प्रथम मणि डोङडुप छेन्मो ‘मणिको दश करोड़ जाप’ आज समाप्त भएको छ। आठ दिवसीय लामो यो अनुष्ठान परमपावन क्याब्जे गोएनजाङ रिम्पोछेको मार्गदर्शनमा सम्पन्न गरियो। यस अवसरमा लामाहरूले विश्व शान्तिका लागि प्रार्थना पनि गरेका थिए।

चेरेजी सिङखाम रिवो पोटालाको आधिकारिक रूपमा उद्घाटनपछि यति ठूलो धार्मिक अनुष्ठान सम्पन्न गरिएको हो। मणि डोङडुप प्रार्थना सम्पूर्ण संवेदनशील प्राणीहरूको हितमा गरिने बताइएको छ। आज धर्म विभागका मन्त्री सोनाम लामा, मन्त्री भीमहाङ सुब्बा, विधायक आदित्य गोले तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

Advertisement