तुमिन लिङ्गीबाट १३६ परिवार एसकेएममा सामेल

IMG-20230531-WA0023.jpg

एसडीएफ पार्टी भनेको भुटेको मकै हो बारीमा छर्दा उम्रिन्दैनः: मन्त्री खरेल

गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी युवा प्रकोष्ठको तत्वावधानमा तुमीन लिंगी समष्टि अन्तर्गत माखा बजारमा आज सामेल कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए।

यस अवसरमा विभिन्न पार्टी त्याग गर्दै १३६ परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। आज पार्टीमा सामेल हुनेहरूलाई मुख्य अतिथि लगायत अन्यहरूले खदा लगाएर पार्टीमा स्वागत जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले वर्ष २०१९ मा एसकेएम पार्टीलाई सरकारमा ल्याउन तुमिन लिङ्गी निर्वाचन क्षेत्रको ठूलो भूमिका रहेको बताए। यस निर्वाचन क्षेत्रको प्रभाव परेकोले नामथाङ रातेपानीलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा परेको मन्त्रीले जानकारी गराए। यो क्षेत्रबाट एसकेएम पार्टी हारेपछि जितेको जस्तै महसुस गरेको उनको भनाइ थियो।

एसकेएम पार्टी बर्खामासमा पलाउने झोडा जस्तो नभएर समुन्द्र भइसकेको मन्त्री खरेलले किटान गरे। विधायक पदमा हुँदा हुँदै पनि विरोध गरेर निस्किने मुख्यमन्त्री प्रेमसिंह तामाङ हुन् र नेता भनेको यस्तो हुनुपर्ने सुझाउ दिए। चार वर्षसम्म हराएकाहरू अहिले गाउँ घुम्दै गरेको बताए। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा ३५ वर्षसम्म सरकार चलाउने उनले ठोकुवा गरे।

एसकेएम पार्टीले अहिले नै रणनीति शुरू नगरेको र सीईसीको बैठक पनि रणनीति शुरू गर्ने उनले घोषणा गरे। वर्तमान मुख्यमन्त्रीले नारी साथै युवाहरूलाई आत्मनिर्भर बन्नको निम्ति विभिन्न प्रकारले सहयोग गर्दै आइरहेको जानकारी गराए।

अहिले पनि गाउँमा पच्चीस वर्षसम्म राज गर्नेले जातको कुरा गर्दै हिँडिरहेको उनले अवगत गराए। तर वर्तमान मुख्यमन्त्रीले टुक्रा टुक्रा भएको जातलाई जोडने काम गरेको बताए। यसरी जातको कुरा गर्दै राजनीति गर्ने व्यक्तिसँग जोगिनु पर्ने उनले जनतालाई सावधान गराए। जाति भन्दा ठूलो सिक्किमको माटो, र सिक्किमको सुरक्षा गर्नु हो। कसैले पनि जातको कुरा नगरेर सबै जाति मिलेर बस्नुपर्ने आग्रह गरे।

यदि तुमिन लिङगी निर्वाचन क्षेत्रका जनताले वर्ष २०२४ मा एसकेएम पार्टीलाई विजयी बनायो भने यस निर्वाचन क्षेत्रमा सडक साथै विश्वविद्यालयको पनि निर्माण गरिने मन्त्रीले वचन दिए। एसडीएफ पार्टीलाई २५ वर्षसम्म जनताले अवसर दिएको थियो, तर त्यसबेलासम्म पनि यस निर्वाचन क्षेत्रको जनताको निम्ति केही नगरेको जानकारी गराए। पूर्व सरकारले केवल थप दुईवटा जिल्ला बनाउँछु भनेर घोषणा मात्र गऱ्यो तर दिएन्। वर्ष २०१९ मा एसकेएम पार्टी सरकारमा आउनसाथ दुईवाट जिल्ला बनेको बताए। एसकेएम पार्टीले योजना शुरू गरेपछि केहीले पनि थाम्न नसक्ने उनले थप जानकारी गराए। पूर्व सरकारले चामल, घर वितरण गर्दा पनि विकास बाँडेको भन्दै ढोल पिटने गर्थ्यो तर त्यो विकास नभएर जनताले पाउने मौलिक अधिकार साथै सहुलियतको उनले संज्ञा दिए। एसडीएफ पार्टी भनेको भुटेको मकै हो, जो बारीमा छर्दा पनि उम्रिन्दैन्, तर एसकेएम पार्टी भनेको कलिलो मकैको बीउ हो, जहाँ छर्दा पनि उम्रिन्छ, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement