विद्या भारती सिक्किमद्वारा स्वास्थ्य शिविरको आयोजना

n5048470321685473461610ec7e3ea12b804e674484d933a568bbbaf2e1782d970551e0bfb80aac4516e228.jpg

गान्तोक: विद्या भारती, सिक्किमद्वारा रानीपुलमा सञ्चालित सरस्वती विद्या निकेतनमा प्रान्त स्तरीय व्यापक स्वास्थ्य शिविर आयोजन गरियो। यस स्वास्थ्य शिविर आयोजन गर्नुको मुख्य उद्देश्य रोगीहरुको रोग पहिचान गरी विशेष रुपमा संक्रामक बिमारीहरुको उपचार विधि, सामान्य स्वास्थ्य देखभाल, आफ्नो समस्याको प्रबन्धन, दीर्घायु साथै जीवनको गुणवत्ता प्रदान गर्नु रहेको बताइएको छ।

यस अवसरमा मुख्य अतिथि क्षेत्रीय आयुर्वेद अनुसंधान, गान्तोकका अतिरिक्त निर्देशक डा. श्रीप्रकाश र विशिष्ट अतिथि गान्तोक नगरपालिका अन्तर्गत रानीपुल एकाईकी पार्षद आशा छेत्री उपस्थिति थिए। स्वास्थ्य शिविरमा बिमारीहरूको स्वास्थ्य जॉंच एवं उपचारका साथै औषधि वितरण गरियो।

चिकित्सकहरूको टोलीमा डा. प्रभात मोक्तान, डा. छोपेल डोमा भोटिया, डा. डिम्पल सिंह, नर्सद्वय हरीमाया नेपाल र कृष्ण सुब्बा उपस्थित थिए। यसैगरी, क्षेत्रीय आयुर्वेद संस्थान, गान्तोकबाट डा. सारिगा के. एस, डा. अनिमेष सेन, डा. सुमित लता, डा. श्रीलक्ष्मी र डा. देब्रता चक्रवर्ती उपस्थित थिए।

शिविर अवधि ७५ विद्यार्थीहरु, १२८ अभिभावक एवं अन्य रोगी गरी कुल २०३ जाना बिमारीहरूको स्वास्थ्य जॉंच गरियो। उद्घाटन कार्यक्रममा विद्या भारती सिक्किमका अध्यक्ष छुल्टिम भोटिया तथा चिकित्सकहरूले स्वास्थ्य सम्बन्धी कुराहरू राखेको जानकारी विद्या भारती सिक्किम प्रान्तका कार्यालय प्रमुख सूर्य धितालले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement