वाहन दुर्घट्नमा महिलाको मृत्यु

IMG-20230530-WA0284.jpg

गान्तोक: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत रातेपानी नजिक वाहन दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको घट्ना प्रकाशमा आएको छ। घट्ना आज अपराह्न करिब तीन बजीको हो। प्राप्त जानकारीअनुसार एसके ०५ टी ०५२८ नम्बर भएको उक्त वाहन सड़कदेखि झण्डै एक सय मिटर तल झरेको थियो। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार दुर्घट्नाको समय वाहनमा चालक लगायत पाँचजना यात्री थिए। ती यात्रीहरू छिमेकी राष्ट्र नेपालबाट आफन्तजनलाई भेट्न सिक्किम आएका थिए। दुर्घट्नामा परेर मृत्यु हुने महिला पनि नेपाल निवासी नै रहेको थाहा लागेको छ। घाइते यात्रीहरूलाई उपचारको निम्ति नाम्ची जल्ला अस्पताल लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement