दक्षिण सिक्किम साहित्य सम्मेलनको सभा सम्पन्न

IMG_20220623_224932.jpg

नाम्ची। नाम्ची बजारस्थित दक्षिण सिक्किम साहित्य सम्मेलनको कार्यालयमा बुधबार एउटा जरुरी सभा सम्पन्न भयो। उक्त सभा सम्मेलनका अध्यक्ष डा. नयन राईको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा आगामी भानु जयन्ती समारोह विषय छलफल गर्दै समारोहलाई सफल बनाउनको लागि कविता पाठ र रामायण पाठ प्रतियोगितामा नाम्ची वरिपरिका माध्यमिक र उच्चतर माध्यमिक पाठशालाका विद्यार्थीवर्गमाझ गरिने प्रस्ताव पारित गरियो।
कविता पाठको संयोजकमा पेम नर्बु शेर्पा ‘ज्योति’ र सरमान सुब्बा ‘रसिक’ लाई चयन गरियो भने रामायण पाठमा दिलीप शर्मा ‘आहाले’ र जीवन राई माङपालाई चयन गरियो। यस वर्षको भानु जयन्तीमा चित्रकला प्रतियोगिता पनि निम्न र उच्चतर विद्यार्थीवर्गमाँझ राखिने भएको छ। चित्रकला प्रतियोगिताको निम्ति इन्द्रधनुस चित्रकला संस्थान नाम्चीबाट पासाङ शेर्पा, ताराबहादुर राई र अशोक कुमार राईलाई संयोजकको रूपमा चयन गरिएको छ।
सभामा सबै प्रतियोगिताका सञ्योजकहरूलाई दिएको आफ्ना जिम्मेवारीहरू शुरूदेखि अन्तसम्म ठीकसँग गर्नुपर्ने सभाले निर्णय गरेको छ। यस कार्यक्रम विषय अवगत गराउँदै सम्मेलनका एक टोली आगामी २४ जून जिल्लापाल कहाँ जाने भएको छ। यस टोलीमा थीरूप्रसाद नेपाल, दलमान डी. गुरुङ, डा. नयन राई र केबी गुरुङलाई चयन गरिएको छ भनी सम्मेलनका प्रचार सचिव पेम नर्बु शेर्पा ‘ज्योति’ ले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *