राज्यमा १ लाख २५ हजार नोकरीको घोषणा

IMG-20230530-WA0370.jpg

काेलकाता: पञ्चायत चुनाउ अघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा १ लाख २५ हजार नोकरीको घोषणा गरिन्। मुख्यमन्त्रीले आज नवान्नमा पत्रकार सम्मेलन गरेर विभिन्न सरकारी विभागको रिक्त पदहरूमा कर्मचारी नियुक्ति गर्ने घोषणा गरिन् प्राथमिक विद्यालयमा ११,००० उच्च प्राथमिकमा १४,५०० शिक्षक नियुक्त गरिनेछ। यसको साथै ग्रुप डी, आँगनबाड़ी, २००० चिकित्सक, ७००० नर्स र पुलिसको विभिन्न लगायत अन्य सरकारी रिक्त पदको लागि नियुक्ति गरिने भएको छ। आगामी १ वर्षको अवधिमै सबै प्रक्रिया पुरा गरिनेछ। यसको साथै १-२ महीनाको अवधिमा भर्ना प्रक्रिया शुरू गरिने मुख्यमन्त्रीले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement