पूर्व विधायक परिसंघको बैठक सम्पन्न

IMG-20230530-WA0378.jpg

गान्तोक: पूर्व विधायक परिसंघको केन्द्रीय कार्यकारिणी समितिको महत्वपूर्ण बैठक परिसङ्घको अध्यक्ष डी. बी ठटालको अध्यक्षता सम्पन्न भयो। उक्त सभामा परिसङ्घको विभिन्न विषयरूमाथि चर्चा परिचर्चा गर्दै आगमी २६ जुलाईका दिन समपन्न हुन लागेको परिसङ्घको स्थापना दिवसलाई भव्यताका साथ पालन गर्ने निधो गरेको छ।

सभालाई सम्बोधन गर्दै परिसङ्घका सचिव तथा पूर्वमन्त्री अर्जुन कुमार घतानीले सभामा उपस्थित सदस्यहरूलाई स्वागत गर्दै सभाको विषय बस्तुमाथि प्रकाश पारेका थिए भने हालै राष्ट्रिय राजधानी नयाँ दिल्लीमा भारतको लोकतन्त्रको मन्दिर नयाँ संसद भवनको उद्घाटन समारोहमा सिक्किमको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको उपस्थितिले सम्पूर्ण सिक्किमेली जनता नै गर्वान्वित भएको भएको बताए। यस ऐतिहासिक क्षणलाई स्मरण गर्दै परिसङ्घले भारत सरकार र सिक्किम सरकारलाई यस महत् कार्यका लागि बधाई अनि शुभकामना पनि व्यक्त गरेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष ठटालले परिसङ्घले अहिलेसम्म गरेका गतिविधि माथि प्रकाश पारेका थिए भने उनले परिसङ्घको स्थापना दिवस पालन गर्न सम्पूर्ण सदस्यहरूलाई सहयोग र परामर्श दिन आग्रह गरेका थिए।

यसरी नै सभाले स्थापना दिवस पालन गर्न पूर्व मन्त्री गर्जमान गुरूङलाई समारोह समिति को अध्यक्षमा सर्वसम्मतिद्वारा चयन गरिएको थियो भने समारोह समितिको अघिल्लो बैठक आगमी १३ जूनका दिन बस्ने भएको छ। परिसङ्घले यसै दिन वैश्विक जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने सिक्किम सरकारको अभियान अन्तर्गत वृक्ष रोपन पनि गर्ने भएको छ भने उक्त दिन परिसङ्घका सम्पूर्ण सदस्यहरूलाई उत्साहका साथ सहभागी भईदिन आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement