दार्जीलिङ: हाम्रो पार्टीमा समर्थन जनाउनेहरूको ओइरो लागेको छ।हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै पार्टीमा समर्थन जनाउनेहरूको ओइरो लागेको छ। यसै क्रममा चुङथुङ मेरीबुङ, तामसाङ समष्टि अन्तर्गत मनिधार गाउँ दिलवीर टार शाखा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा पार्टीको संस्थापक अध्यक्ष अजय एडवडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै समष्टि अध्यक्ष सतेन घले उर्फ घले साहेब,सचिव विशाल दर्नाल,प्रबक्ता अदीप तामाङ र भाष्कर गिरी आदि उपस्थित रहेका थिए। आयोजित सभामा मनिधार गाउँ आदि क्षेत्रको ५६ परिवारहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा समष्टि प्रबक्ता भाष्कर गिरीले मेरो बोली खरो छ, म झूठ बोल्दिन, जून दिन म झूठो बोल्न पर्ने स्थिति आउँछ,त्यस दिन म पार्टी नै छोडी दिन्छु तिनले भने। उपस्थित भीडलाई सम्बोधन गर्दै प्रबक्ता गिरीले अघि भने तपाईहरूले हाम्रो पार्टीलाई नै समर्थन किन गर्नु भयो? यहाँ अरू पार्टीहरू पनि छ, शायद तपाईहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवडर्सको काम कुुराहरू देखेर समर्थन जनाएको हुन पर्छ। तपाईहरूलाई पार्टीमा स्वागत छ तिनले भने।एक समय पहाडमा बाघ जस्तो नेता जन्मिएका थिए तर पछि उनी आफ्नै जनतातिर फर्केर गर्जिए, फेरि पछिबाट स्याल जस्तो नेताहरू पनि आए उनीहरूलाई पनि हामीले समर्थन जनायौ,उनीहरूले अहिले विकाश गर्छु भन्दैछ ठीकै छ उनीहरूले विकाश गरोस। हामी उनीहरूको विकाशको कार्यलाई बाधा पुराउने छैनौ। चुङथुङ मेरीबुङ, तामसाङ समष्टिमा धेरै विकाशहरू गर्नु छ भन्दै प्रबक्ता गिरीले मेरो गाउँ मेम कमान हो तर मेरो गाउँमा विकाश नाम भएको मान्छे पनि छैन। विकाश आउन त कहिले हो कहिले तिनले भने।गोर्खा जातिको दीर्घकालिन मांगलाई फत्ते गर्न हो भने हामीले अजय एडवाडर्स जस्तो इमान्दार नेतालाई साथ दिने प्रबक्ता गिरीले आह्वान गरयो।










