मन्त्री साम्दुप लेप्चाद्वारा कृषि सिँचाई उपकरण वितरण

IMG-20230530-WA0376.jpg

गान्तोक: प्रधानमन्त्री कृषि सिँचाई योजना (पीएमकेएसवाई) प्रति थोपा अधिक फसल योजनाअन्तर्गत सोमवार एक दिवसीय वितरण कार्यक्रम मंगन जिल्लाको सिङगिक सेन्तम ग्राम पञ्चायतमा आयोजन गरियो। कार्यक्रममा लघु, सिँचाई सामग्री वितरणसँगै योजना कार्यान्वयन सम्बन्धी जागरुक गराइयो। यस कार्यक्रममा क्षेत्र विधायक एवं राज्यका सड़क तथा पूल विभागीय मन्त्री साम्दुप लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँगै सिङगिक सेन्तम ग्राम पञ्चायतका सभापति फूरकित लेप्चा, पञ्चायत सदस्यगण, मंगन जिल्लाको कृषि विभागका उप-निर्दैशक प्रणित गुरुङ, लाभार्थीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लेप्चाले वर्तमान सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर कृषि प्रोत्साहन राशि योजना, प्रधानमन्त्री कृषि सिँचाई योजना अनि पीएम-किसान जस्ता विविध योजनाहरू कार्यान्वयन गरेर कृषकहरूलाई फाइदा पुऱ्याइरहेको लाभार्थीहरूलाई जानकारी गराए। उनले यस क्षेत्रमा कृषि व्यवसायको उत्थान र प्रोत्साहनका लागि कृषि विभागले गरेको प्रयासको पनि प्रशंसा गरे।

यसरी नै कृषि विभागीय उप-निदेशक प्रणित गुरुङले प्रधानमन्त्री कृषि सिँचाई योजनाको महत्वबारे जानकारी गराउँदै यसबाट कृषकहरूले कसरी लाभ उठाउन सक्छन् भन्नेबारे प्रष्ट पारे। उनले स्थानीय युवाहरुलाई कृषि क्षेत्रलाई नयाँ विस्तार र फस्टाउने व्यवसायका रुपमा लिन आग्रह पनि गरेका छन्।

कार्यक्रममा मुख्य अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट २४० जना लाभार्थीलाई यस योजनाअन्तर्गत आवश्यक सामग्रीहरू वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement