सिलगढ़ीः स्पेशल टास्क फोर्स (एसटीएफ) ले आमबाड़ी केनाल रोडबाट मङ्गलवार एउटा एम्बुलेन्सबाट भारी मात्राम गाँजा जफत गरेको छ र तस्करीको आरोपमा एक महिला सहित चार आरोपितलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको पहिचान कूचबिहार निवासी समीर दास (२८), अपूर्व दे (५४), पप्पू मोदक (३१) र सरस्वती दास (३४) को रूपमा गरिएको छ। एसटीएफ सूत्रहरू अनुसार, प्राप्त सूचनाको आधारमा आज आमबाड़ी केनाल रोडमा अभियान चलाएर एउटा एम्बुलेन्सलाई रोकेर ढोका खोल्दा टीमले एउटा कफिन पायो। जुन सेतो लुगामा ढाकेको थिय़ो। त्यसमा फूल मारा राखिएको थियो। टीमलाई पहिलो नजरमा यसमा कसैको शव राखिएको प्रतीत भयो।
यद्यपि, एम्बुलेन्सको माध्यमले मादक पदार्थको तस्करी भइऱहेको टीमले सूचना पाएको थियो। यही सूचनाको आधारमा एसटीएफका अधिकारीहरूले कफिनलाई खोल्ने निर्णय लिए। एसटीएफका अधिकारीहरूले त्यसलाई खोल्दा, त्यसमा शवको स्थानमा गाँजा थियो। एसटीएफको टीमले कफिनबाट लगभग ६४ किलो गाँजा उद्धार गऱ्यो। यसपछि एम्बुलेन्समा बसेकी एक महिला सहित चार जनालाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। पक्रा परेका सबै आरोपितहरूलाई एसटीएफले अघिको कारबाहीको निम्ति एनजेपी थाना पलिसलाई सुम्पेको छ।









