कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले अन्तरराज्यिय हतियार तस्करी गुटका तीन सदस्यलाई रेड ह्याण्डेड पक्राउ गरेको छ। यिनीहरूको पहिचान बिहारको मुंगेर निवासी श्रीलाल मण्डल (५३) र मुर्शिदाबाद जिल्लाको नवादा निवासी कौशर शेख (४२) तथा हरिहरपाड़ा निवासी सुदीप खान (२५) को रूपमा गरिएको छ।
एसटीएफका एसपी इन्द्रजीत बसुले जानकारी गराए, कटवा स्टेशनमा हतियाहरूको आदान-प्रदान हुनेछ भनी ठोस सूचना पाइएको थियो। यसपछि एसटीएफको टीमले यहाँ घेराबन्दी गऱ्यो र यिनीहरूलाई त्यस समय समायो जब यिनीहरूले एक-अर्कासित हतियारहरूको लेनदेन गरिरहेका थिए।
श्रीलाल मण्डल बिहारको मुंगेरबाट बन्दूकहरू ल्याउनेगर्थ्यो र मुर्शिदाबाद निवासी बाकी दुवै तस्करलाई बेच्ने गरेको थाहा लागेको छ। यिनीहरूदेखि ७.६५ एमएमको तीन पिस्टल, १४ गोली र छङ खाली म्यागजीन उद्धार गरिएको छ। कटवा स्टेशनमै यिनीहरू हतियारहरूको आदान-प्रदान गर्नमा जुटेका थिए। यसैले स्टेशनमा राजकीय रेल पुलिस (जीआरपी) ले आर्म्स एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी यी सबै विरूद्ध कानूनी कारबाही शुरू गरेको छ।
-हिस









