अलिपुरद्वारमा सीपीआईएमको ऱ्याली

7c336896-a87d-41d6-9149-9d0437ce95da

कालचिनीः केन्द्रको भाजपा सरकार र तृणमूल सञ्चालित राज्य सरकारले जनतालाई दिग्भ्रमित पार्ने मात्र काम गरिरहेको र चाँडो भन्दा चाँडो सयदिने कामको पैसा जनसाधारणले पाउन पर्ने एवम् सयदिने काम छिट्टो चालु गरिनुपर्ने, आवास योजनाको यत्रो सर्भे गरेर आजसम्म आवास गरीब परिवारहरूले नपाएको र फालाकाटा र अलिपुरद्वारमाझको सड़कको मरम्मती चाँडो गरिनु पर्ने आदि दाबीहरूलाई समेटेर मङ्गलबार सीपीआईएम अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट अलिपुरद्वार जिल्ला सहरमा विशाल ऱ्याली सम्पन्न गरियो।
ऱ्यालीको नेतृत्व सीपीआईएम तथा सीटु जिल्ला नेतृत्वहरू किशोर दास, विकास महली र विद्युत गुनले दिएको थियो भने ऱ्यालीले अलिपुरद्वार सहरको परिक्रमा गर्दै डुवर्सकन्या अघि पथसभा सम्पन्न गरेको थियो। राज्यको तृणमूल सरकार र केन्द्रको भाजपा सरकारले केवल हिंसा प्रतिहिंसाको राजनीति मात्र गरेकोले जनसाधरण विकासको कामबाट वञ्चित हुन परेको र चाँडो भन्दा चाँडो पञ्चायत निर्वाचनको घोषणा गरिनु पर्ने सीपीआईएमले दाबी गरेका छन्। ऱ्याली अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या आईपुग्दा विशाल पुलिस वाहिनीले ब्यारिकेड लगाएर अड़काउने प्रयास गर्दा सीपीआईएम समर्थक र पुलिसमाझ घम्साघम्सी चलेको थियो भने सीपीआईएम समर्थकहरूले ब्यारिकेड भत्काएर नारा जुलुस निकालेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement