एक व्यक्तिको रहस्यमय मृत्युले सनसनी

IMG-20230530-WA0292.jpg

जलपाईगुडी: मंगलबार एक व्यक्तिको मृतदेह झुण्डिएको अवस्थामा भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। यो घटना म्यानागुरी ब्लकको दक्षिण भुस्कडांगा क्षेत्रमा भएको हो। मृत्यु हुनेको नाम सहिदर रहमान (४०) रहेको छ। मंगलबार पुलिसले मृतदेह बरामद गरी पोस्टमार्टमको लागि जलपाईगुडी शवगृहमा पठाएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। पारिवारिक स्रोतका अनुसार पेशाले टोटो चालक सहिदुर रहमान परिवारका एकमात्र कमाउने सदस्य थिए। घरमा बाबुआमाबाहेक चार छोराछोरी र श्रीमती छन्। गत सोमबार बिहान जग्गाको विषयमा विवाद भएको परिवारले गुनासो गरेका छन्।

साँझ उनको मृतदेह घरभन्दा करिब एक किलोमिटर टाढा जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेको थियो। पुलिसले मंगलबार मृतदेह बरामद गरी पोस्टमार्टमको लागि जलपाईगुडी पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement