सिलगढी: सरकारी जग्गा कब्जा गरेर अवैध निर्माण गरेको आरोपमा एनजेपी थानाको पुलिसले दुई भूमाफियालाई पक्राउ गरेको छ। दुबैलाई मंगलबार जलपाईगुडी अदालतमा पेश गरियो। सिलगढीको ज्योतिनगर कालोनीका लालबाबु शाह र दुर्गानगर विधानसभा क्षेत्रका शुभंकर मल्लिकले अधिकारपल्ली जोन १ मा सरकारी जग्गा कब्जा गरेर अवैध निर्माण कार्य सुरु गरेको खुलासा भएको छ । जसको उजुरी पञ्चायत प्रधान नमिता करातीले गरेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले सोमबार राति दुई भूमाफियालाई पक्राउ गरेको हो। घटनामा एक जेसीबी पनि नियन्त्रणमा लिएको छ। दुबैलाई मंगलबार जलपाईगुडी अदालतमा पेश गरियो।









