एक लाख भन्दा बढी नियुक्त गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणा

CM-Mamta-Banerjee-4-7

कोलकाता: राज्यमा पञ्चायत चुनाव अघि, मुख्यमन्त्री ममता ब्यानर्जीले मङ्गलबार नवान्नमा महत्त्वपूर्ण घोषणा गरिन्। उनले राज्य सरकारले विभिन्न पदमा १ लाख २५ हजार कर्मचारी नियुक्त गर्ने बताइन्। मुख्यमन्त्रीले आउँदो एक वर्षभित्र यो नियुक्ति गर्ने बताइन्। मुख्यमन्त्रीले प्रदेशमा २ हजार डाक्टर र ७ हजार नर्स भर्ना गरिने बताइन्। यसबाहेक राज्य सरकारले ९ हजार ४ सय ९३ आङ्गनवाडी पदमा कर्मचारी नियुक्त गर्ने भएको छ। विभिन्न पदका लागि १७ हजार कर्म संस्थान बनाइनेछl मुख्यमन्त्रीले कलेज र विश्वविद्यालयमा नियुक्तिको घोषणा पनि गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement