मालदा: ३० मई २०२३मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ९ वर्ष पूरा गरेको अवसरमा मंगलबार बिहान म्याराथन दौडको आयोजना गरियो। आज बिहान भारतीय जनता पार्टीले ऐहो बस स्ट्याण्डबाट बुलबुलचण्डी अस्पतालसम्म ४ किलोमिटर म्याराथन दाैडकाे आयोजना गरे। यस म्याराथनमा ९८ जना युवाहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा उत्तरी मालदा सांसद खगेन मुर्मु, मालदा विधानसभा विधायक गोपाल चन्द्र साहा, हबीबपुर ब्लक संयोजक अर्जुन हलदार, विभिन्न मण्डलका अध्यक्षहरू र भाजपा समर्थकहरू उपस्थित थिए। उत्तर माल्दाका सांसद खगेन मुमुले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको ९ वर्ष पूरा भएको अवसरमा मे ३० बाट सुरु भएको यो म्याराथन जुन ३० सम्म चल्ने पनि बताए।









