सिलगढी: राज्यका यातायात मन्त्री स्नेहाशिष चक्रवर्तीले उत्तर बंगालका आठ जिल्लाका यातायात विभागका अधिकारीहरूसँग बैठक गरे। बैठक मंगलबार सिलगढीस्थित स्टेट गेस्ट हाउसमा भएको थियो। बैठकमा यातायात विभाग अन्तर्गतका विभिन्न कामको प्रगतिहरुबारे समीक्षा र केही नयाँ कामका बारेमा छलफल भएको बताइएको छ । यस बैठकमा उत्तर बंगालका ८ वटा जिल्लाका एआरटीओ, आरटीओ, जिल्ला मजिस्ट्रेट र यातायात विभागका अधिकारीहरू उपस्थित थिए।









