अहिलेसम्म भोलेन्टियर्स गर्नेहरूका पनि जस्टिफाइड हुनुपर्छ भन्ने लागेको छ: अनित थापा
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज तीनधारे क्षेत्रका दुईवटा विद्यालयहरूका निरीक्षण भ्रमण गरेका छन्। जीटीए चिफ् अनित थापाले आज प्रथममा तीनधारेको मिठाईडाँड़ास्थित रेणुका कन्या उच्च माध्यमिक विद्यालयको निरीक्षण गरेका थिए। सन् १९७२ सालमा स्थापित रेणुका कन्या उच्च विद्यालय भवन अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको र यसको नयाँ भवन निर्माणको लागि पहल भईरहेकोले जीटीए चिफ् अनित थापा आफै आएर निरीक्षण गरेका छन्। यसावधि स्कूलकी शिक्षिका प्रभारी अञ्जना गजमेर र उनको टिमले जीटीए चिफ् अनित थापालाई स्वागत जनाएका थिए। यसावधि गत वर्ष २०२२ को दिसम्बरमा सम्पन्न स्कूलको स्वर्ण जयन्ती समारोहको अवसरमा गरिएको सम्बर्ध्दना आज स्कूलको पक्षबाट उनलाई प्रदान गरिएको छ। अनित थापाले स्कूलको नयाँ भवन निर्माणको लागि क्षेत्रीय सभासद नवराज छेत्रीलाई ईञ्जिनियर बोलाएर नापजोख गरेर भवन निर्माणको लागि पहल गर्ने निर्देश दिएका छन्। यसावधि स्कूलकी शिक्षिकाहरूले जीटीए चिफ् समक्ष विभिन्न समस्याहरू विषयमा पनि जानकारी गराएका छन्। यसको साथै स्कूलमा कार्यरत् भोलेन्टियर्स शिक्षिकाहरूले पनि आफ्नो समस्या अनित थापा समक्ष राखेका थिए। अहिले रेणुका कन्या उच्च माध्यमिक विद्यालयमा छजना भोलेन्टियर्स शिक्षिकाहरू कार्यरत् छन्। यस अवधि अनित थापाले रेणुका कन्या विद्यालय भवनको पनि निरीक्षण गरेका थिए। उनले अब स्कूल भवन निर्माण कार्य शुरु गरिने वचन दिएका छन् । रेणुका कन्या विद्यालयमा यो उनको दोस्रो भ्रमण रहेको बताइएको छ। तीनधारेको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको भवन निर्माणको लागि दागोपापकालदेखि नै पहल गरिएको अनि बिमल गुरुङको समयमा यस विद्यालयलाई मोडेल स्कूल बनाउने वचन दिएका थिए।तर अहिलेसम्म पनि भवनको निर्माण हुन सकेन् भनी शिक्षिकाहरूले बताएका छन्। अनित थापा मनोनित जीटीए चेयरम्यान भएको समय पनि भ्रमणमा आएको बताउँदै यो उनको दोस्रो भ्रमण रहेको र यसपाली जीटीए चिफ् अनित थापाले स्कूल भवन निर्माण हुने वचन दिएको बताएका छन् । रेणुका स्कूलपछि अनित थापाले मिठाईडाँड़ास्थित तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पनि निरीक्षण गरेका थिए। यसावधि स्कूलका शिक्षक प्रभारी देबेन्द्र लामा र शिक्षकहरूले जीटीए चिफ् अनित थापालाई स्वागत जनाएका थिए। यसावधि अनित थापाले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको राजबारीस्थित नयाँ भवनको कार्य प्रगति विषयमा जानकारी लिएका थिए। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवन पुरानै ठाउँ राजबारीमा बनिरहेको छ जुन पूरा हुन लागेको र अब केवल किचन बनिनु रहेको साथै कक्षा कोठाहरूमा डेस्क – बेञ्चहरू बनाउनु रहेको साथै स्कूल भवन अघिको भूइँको काम बाँकी रहेको बताइएको छ। यस निरीक्षण अवधि जीटीए चिफ् अनित थापाले क्षेत्रीय सभासद नवराज छेत्रीलाई ईञ्जिनियर बोलाएर स्कूलको नयाँ भवनको कार्य प्रगति विषयमा जानकारी लिने निर्देश दिएका छन्। अहिले स्कूल मिठाईडाँड़ामा सञ्चालन भईरहेको छ भने आगामी केही महिनामा नयाँ स्कूल भवनको कार्य पूरा भएपछि सार्ने कार्य गरिने भएको छ। जीटीए चिफ् अनित थापासितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, युवा शक्तिको संयोजक साजन दर्जी, युवा शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सचिव अनिल राई लगायत अन्यहरू उपस्थित रहेका थिए। तीनधारे क्षेत्रका स्कूलहरूको निरीक्षण गरेपछि जीटीए चिफ् अनित थापाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै तीनधारेको रेणुका कन्या उच्च विद्यालय जीर्णावस्थामा रहेकोले यसको मरमत्तिको लागि पहिलेबाटै पहल भईरहेको र अब स्कूलको नयाँ भवन निर्माण गरिनेछ भनी बताएका छन् । त्यसरी नै उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको राजबारीमा नयाँ भवन निर्माण भईरहेको कारणले यो अब सार्नलाई के कस्तो भईरहेको छ भनेर शिक्षक प्रभारीसित कुरा बुझ्न र कार्य प्रगतिको जानकारी लिन आएको बताएका छन्। उनले अबको केही महिनामा नै राजबारीमा बनिएको नयाँ भवनमा स्कूल सार्न सकिन्छ भनी बताएका छन्। उनले यी दुवै स्कूलको विषयमा क्षेत्रीय सभासदलाई भनेर ईञ्जिनियर बोलाएर कार्य अघाड़ी लानलाई निर्देश दिएको बताएका छन्। उनले तीनधारेमा दमकल निर्माणको लागि स्थानीयहरूले निवेदन राखेको र त्यसै अनुरूप क्षेत्रीय सभासदले पहल गरिरहेको अनि पहिला कुन जमीनमा दमकलको केन्द्र बनाउन सकिन्छ त्यसको जमीनको कागज डीएम कार्यालयमा बुझाउनु पर्ने र यसको लागि क्षेत्रीय सभासदले स्थानीयहरूसित बसेर सर सल्लाह गरेर पहल अघि बढाउने बताएका छन्। थापाले सुखे पोखरी र सोनादा क्षेत्रमा अग्निशमन केन्द्रको स्थापनाके लागि कार्य हुँदैछ अब यहाँ तीनधारे क्षेत्रमा पनि अग्नि शमन केन्द्रको निर्माणको लागि सभासदले स्थानीयहरूसित बसेर कता निर्माण गर्न सकिन्छ सर सल्लाह गर्नेछन् भनी बताएका छन्। तीनधारे क्षेत्रमा रहेको विद्यालयहरूमा पनि कलाबाहेक विज्ञान र कमर्स विभाग पनि सञ्चालन गर्नु पर्ने मांग आएको विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले भने, ‘यस विषयमा क्षेत्रीय सभासदले आफ्नो तर्फबाट कार्य गरिरहेका छन् र यस विषयमा उनले नै पहल अघि बढ़ाउनेछ।’
भोलेन्टियर्स टिचर्सहरू विषयमा सोधिएको प्रश्नको उत्तरमा जीटीए चिफ् अनित थापाले भने, ‘अहिले भोलेन्टियर्स टिचर्सहरूबिना पहाड़का स्कूलहरू नचल्ने अवस्थामा छ। सिस्टम नै कोल्याप्स भएको छ। हामीले एसएससी लागु गर्न मांग पनि गरिरहेका छौं अनि हामी अहिलेसम्म भोलेन्टियर्स गरिरहेका टिचर्सहरूले न्याय पनि पाउनुपर्छ भन्ने लागेको छ। तर यतैकाहरूले यस विषयमा केस गरेर प्रक्रिया अघि बढाउन ठप्प भईरहेको छ। यसको केस कोर्टमा छ। यस विषयमा म भएकोमा केही भाइहरू आएका थिए अनि उनीहरूले बातचीत गरेर सर सल्लाह गर्ने भनेका छन्। त्यसैले यस विषयमा बातचीत गरेर डायलगमा आएर समस्याको समाधान भएको राम्रो हुनेछ।’









