नाम्ची। नाम्ची नगर परिषद अन्तर्गत अप्पर र लाेवर घुर्पीसेका सिक्किम शहरी गरिब आवास याेजनाको घरकाे एलटमेन्ट पत्र पाउने लाभार्थीहरूले खुशी व्याक्त गर्दै मुख्यमन्त्री पीएस तामाङ र उनकी धर्मपत्नी कृष्णकुमारी राईलाई धन्यवाद दिएका छन्। स्मरण गराइन्छ, लाभार्थीहरूले एलटमेन्ट पत्र हिजोको दिन मुख्यमन्त्रीकी धर्मपत्नीकाे बाहुलीबाट ग्रहण गरेका थिए।
यस क्रममा लाभार्थी गंगा राईले विपक्षी एसडीएफ पार्टीकाे सम्पूर्ण क्रान्ति दिवसमा एसकेएम सरकारले वितरण गरिरहेकाे घरकाे एलटमेन्ट पत्र झुटो हो भनेकाेमा खण्डन गरिन्। एसकेएम सरकारले वितरण गरेको घरकाे एलटमेन्ट पत्र प्राप्त गरेर घर निर्माण गरि उद्घाटन पनि भइसकेकाे उनले बताइन्। तर, एसडीएफ सरकारकाे समयमा भाेट हत्याउन झुटो एलटमेन्ट पत्र वितरण गरिएकाे उनले आरोप लगाइन्।









