सिलगढी: हिन्दी पत्रकार दिवस आज भारतभर उत्साहका साथ मनाइँदैछ। यससित सम्बन्धित इतिहास धेरैलाई थाहा नहुन सक्छ। भारतको संविधानले पत्रकारहरूलाई भारतको चौथो स्तम्भको रूपमा सम्मान गरेको छ। जसको काम बिना कुनै दबाब सत्यलाई प्रस्तुत गर्ने हो। धेरै वर्ष पहिले तामाको पानामा लेखेर पछि कागजमा, टेलिभिजनमा र अहिले मोबाइलमा पनि सत्यतथ्य जनतामाझ पुर्याउने काम निरन्तर गर्दै आएका छन्। यस विशेष दिनमा सिलगढीको दार्जिलिङ मोरमा आयोजित कार्यक्रममा हिन्दी पत्रकारिताका विशेषताहरू प्रकाश पारिएको थियो। त्यस्तै पत्रकार संघले ट्राफिक पुलिसको सहयोगमा सडकमा हिड्ने मानिसलाई चिसो पेय पदार्थ उपलब्ध गराएको छ। यसका साथै कार्यक्रममा धेरै पत्रकारहरुलाई सम्मान गरिएको थियो।









