३० मईः चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई पराजित गरी इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को खिताब जित्यो। अलराउण्डर रविन्द्र जडेजाले चरम दबाउबीच अन्तिम दुई बलमा छक्का र चौकाको साथ महेन्द्र सिंह धोनीको कप्तानीमा रहने चेन्नईको टीमलाई पाँचौंपल्ट च्याम्पियन बनाए। म्याचको नतीजा अघि आउन २० घण्टाभन्दा अधिक समय लाग्यो तर अन्तमा चेन्नईले डकवर्थ लुईस नियमअन्तर्गत गुजरातलाई ५ विकेटले पराजित गऱ्यो। यसको साथै च्याम्पियन र रनरअप् टीमको साथमा खेलाड़ीहरूमाथि पनि पुरस्कारको वर्षा भयो। फाइनलमा २५ बलमा ४७ रन बनाउने चेन्नई सुपर किंग्सका डेवोन कन्वेलाई प्लेयर अव् द म्याच चयन गरियो।
आईपीएल २०२३-को च्याम्पियन टीमको रूपमा चेन्नई सुपर किंग्सलाई २० करोड़ रुपियाँको पुरस्कार प्राप्त भयो। यसरी लगातार दोस्रो सीजन फाइनलमा खेल्ने गुजरात टाइटन्सलाई १२.५ करोड़ रुपियाँ प्राप्त भयो। यतिमात्र नभएर तेस्रो स्थानमा रहने मुम्बई इण्डियन्सलाई ७ करोड़ रुपियाँ अनि चौथो स्थानमा रहने लखनऊ सुपर जाइण्ट्सलाई ६.५ करोड़ रुपियाँ प्राप्त भयो। टुर्नामेण्टमा चेन्नई च्याम्पियन भए पनि व्यक्तिगत उपलब्धिहरूका मामिलामा चाहिँ गुजरात टाइटन्स अघि रह्यो। गुजरातका ओपनिंग ब्याटर शुभमन गिल यस सीजनमा सर्वाधिक रन बनाउने खेलाड़ी रहे। उनले यस सीजनमा १७ वटा म्याचमा ५९.३३-को औसतले ८९० रन बनाए। यस अवधि उनले तीनवटा शतक पनि लगाए। यसरी उनले ओरेञ्ज क्यापको साथमा गेम चेञ्जर अव् द सीजन, मोस्ट भ्याल्यूएबल एसेट अव् द सीजन र सर्वाधिक चौका (८५ वटा) को पुरस्कार पनि जिते। यसरी नै गुजरातकै पेस बलर मोहम्मद शमीले पर्पल क्याप जिते। शमीले यस सीजनमा १७ वटा म्याच खेलेर ७.९५-को इकोनमी रेटले सर्वाधिक २८ विकेट लिए।

आईपीएल २०२३: पुरस्कार सूची
च्याम्पियनः चेन्नई सुपर किंग्स (२० करोड़)
रनरअप्ः गुजरात टाइटन्स (१२.५ करोड़)
तेस्रो स्थानः मुम्बई इण्डियन्स (७ करोड़)
चौथो स्थानः लखनऊ सुपर जाइण्ट्स (६.५ करोड़)
ओरेञ्ज क्यापः शुभमन गिल (८९० रन)
पर्पल क्यापः मोहम्मद शमी (२८ विकेट)
आईपीएल एमर्जिंग प्लेयर अव् द सीजनः यशस्वी जयसवाल
फेयर प्ले अवार्डः दिल्ली क्यापिटल्स
इलेक्ट्रिक स्ट्राईकर अव् द सीजनः ग्लेन म्याक्सवेल
गेमचेञ्जर अव् द सीजनः शुभमन गिल
मोस्ट भ्याल्यूएबल एसेट अव् द सीजनः शुभमन गिल
सर्वाधिक चौकाः शुभमन गिल (८४)
सर्वाधिक छक्काः फाफ डू प्लेसिस (३६)
लंगेस्ट सिक्स अव् द सीजनः फाफ डू प्लेसिस (११५ मीटर)
क्याच अव् द सीजनः राशिद खान
पीच एण्ड ग्राउण्ड अवार्डः ईडन गार्डन्स र वानखेड़े स्टेडियम
सर्वश्रेष्ठ अम्पायरः नितिन मेनन