कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा धन शोधनको जॉंच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले एकपल्ट फेरि कालीघाट काकू अर्थात सुजय कृष्ण भद्रसॅंग सोधपुछ गर्नेछ। यस अघि उनको बेहलास्थित घर, फ्ल्याट र कार्यालयमा तलाशी अभियान चलाइएको थियो जहॉंबाट करोड़ौंको सम्पत्तिको दस्तावेज पाइएको थियो।
ईडी सूत्रहरू अनुसार, तीन कम्पनीहरूसॅंग सुजयको सम्पर्क रहेको छ। गत एक हप्तामा ती तीन कम्पनीका निदेशक र अकाउण्टेन्टसॅंग सोधपुछ गरिएको छ। उनीहरूले पनि सुजय कृष्णको निर्देशमा आफुहरूले काम गरिरहेको बताएका थिए। यस मामिलामा तृणमूल कांग्रेसका शीर्ष नेतृत्वहरू पनि सामेल रहेको हुन सक्ने बताइॅंदैछ।
-हिस










